नेपालमा आज थप २ जनाको मृत्यु, थपिए १०५

   १८ माघ २०७७, आईतवार १७:३२  

१८ माघ, रौतहट । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।

मन्त्रालयले पछिल्लो घण्टामा ३ हजार ३०८ पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९ सय ९५ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमण मुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ जना पुगेको छ।