भारतबाट अवैध रुपमा ल्याएको चार हजार ब्रोइलरको चल्ला नष्ट
१८ माघ, रौतहट । अवैध रुपमा भारतबाट ल्याएको चार हजार ब्रोइलरको चल्ला नष्ट गरिएको छ ।
भारतबाट वीरगंज २४ रामगढवास्थित तिलावेपुलव नजिकै व्यवसायीहरुले चल्ला लिएर आउँने क्रममा प्रहरी टोलीलाई हेरेर तस्करहरु फरार भएको थियो ।
बर्ड फ्लु फैलिएका कारण सीमा क्षेत्रमा प्रहरी टोलीले कडाई गरेपछि तस्करहरुले भित्र्याइरहेको चल्ला छोडेर फरार भएपछि बेवारिसे अवस्थामा चार हजार ब्रोइलरको चल्ला बरामद भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले बरामद भएको अवैध चल्ला खाल्डोमा नष्ट गरिने समेत कुँवरले जनाएका छन् ।