बाँकेमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु

   १८ माघ २०७७, आईतवार १६:१८  

१८ माघ, रौतहट । बाँकेमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भेरी अस्पतालमा उपचारका क्रममा कैलालीका एक ८३ वर्षीय वृद्ध पुरुषको आज बिहान करिब ११ः३५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गराउँदा यही माघ ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसंगै उनलाई आईसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आज बिहान ती संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।