१९ वर्षीया युवती बलात्कृत, फरार भएको आरोपी पक्राउ
१८ माघ, रौतहट । भक्तपुरबाट बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
यही माघ १० गते जबरजस्ती करणी गरी फरार भएका भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने ३१ वर्षीय विकास तजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्लाही घर भई हाल सोही ठाउँमा डेरा गरी बस्ने १९ वर्षीया युवती कोठामा एक्लै भएको बेला माघ १० गते (शनिबार)को दिन दिउँसो करिब ३ बजेको समयमा निजले बलात्कार गरेका थिए ।
पिडित युवतीले जबरजस्ती करणी गरेर आरोपी फरार भएको उजुरी दिएको आधारमा आरोपीलाई यही माघ १६ गते पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्ष्ँक दीपक गिरीले जानकारी दिए ।
जिल्ला अदालत भक्तपुरमा उनलाई आइतबार पेस गरी म्याद थप अनुमति लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।