भारतमा कोरोना विरुद्ध खोप र संक्रमण दुवैमा तिव्रता
१८ माघ, रौतहट । कोरोना विरुद्धको खोप अभियानमा तिव्रता आउनुको साथै भारतका केही राज्यहरुमा पुनः एकपटक कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।
खागसरी महाराष्ट्रमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । पछिल्ला तीन दिन भित्र त्यहाँ कोरोना संक्रमित दरमा १ प्रतिशतले वृद्धि भएको छ ।
जनवरी २७ मा महाराष्ट्रमा १२ दशमलव ५ प्रतिशतको गतिमा कोरोना संक्रमित भेटिएकोमा अहिले उक्त गति बढेर १३ दशमलव ९ प्रतिशत भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ६ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ५ सय ३५ मानिस संक्रमणबाट मुक्त भएका छन् । यो अवधिमा ४२ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
शनिवार एकै दिन उक्त राज्यमा १ हजार ५२ सक्रिय संक्रमित बढेका छन् । अर्कोतर्फ राम्रो कुरा के छ भने भारतमा खोप अभियान प्रकृया तिव्र भएको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरीमा जनवरी ३० को साँझ ७ बजेसम्म ३७ लाख ६ हजार भन्दा बढि सवास्थ्यकर्मीलाई खोप लगाइसकेको छ ।
यसैबचि, शनिवार भारतमा १३ हजार ६४ संक्रमित थपिएका छन् भने १४ हजार ६१ मनिस कोरोनामुक्त भएका छन् । यो अवधिमा १२८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ७ लाख ४७ हजार भन्दा मानिस संक्रमणको चपेटामा आइसकेका छन् । राहतको कुरा के छ भने ती मध्ये १ करोड ४ लाख २२ हजार भन्दा बढि मानिस संक्रमणबाट ठिक पनि भएका छन् । त्यस्तै १ लाख ५४ हजार ३१२ संक्रमितको मुत्यु भइसकेको छ ।
त्यस्तै भारतमा १ लाख ६६ हजार १७६ संक्रमित त्यस्ता रहेका छन् जसको अहिले उपचार भइरहेको छ ।