सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

   १८ माघ २०७७, आईतवार १३:३७  

 

१८ माघ, रौतहट । कैलालीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघाडी नगरपालिका–१० मा शनिबार गएराति करिब ११ बजेको समयमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किदाँ उनीहरु गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको लागि ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ट्याक्टर चालकलाई सुक्खडलाई हिरासदमा राखि थप बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।