कैलालीमा एक किशोरी बलात्कृत, दुई जना पक्राउ
द नेपाल मिडिया
१८ माघ २०७७, आईतवार १२:५२
१८ माघ, रौतहट । कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका १ भुरुवा का २० वर्षीय रतन बुढाथोकी र सोही स्थान बस्ने २१ वर्षीय उमेश अधिकारीलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको हो ।
रतन र उमेशसहित ती किशोरीलाई ३ जनाले सामूहिक बलात्कार गरेको गोप्य सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ, भने एक जना फरार भएको प्रहरीले जानकारी दिए ।
घटनापछि भएका फरार कृष्ण राउतको हाल खोजी भइरहेको प्रहरीले जानकारी दिए ।
यस्तै, पक्राउ परेका दुई जनालाई हिरासदमा राखि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।