अफगानिस्तानमा सैन्य क्याम्पमा बम आक्रमण, आठ सेनाको मृत्यु

   १७ माघ २०७७, शनिबार १६:४७  

१७ माघ, रौतहत । अफगानिस्तानको पूर्वी भाग नान्गहरमा रहेको सैन्य क्याम्पमा शनिबार आत्मघाती बम आक्रमण हुँदा कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन्।

तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए। तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको बताएका छन्।

प्रायः अशान्त नै भइरहने नान्गहर प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ। सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले कुनै काम नगरेको पेन्टागनका भनाइबीच यो आक्रमण भएको छ।

सो सम्भौतामा तालिबान लडाकू समूहले हिंसाहत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो।