ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

   १७ माघ २०७७, शनिबार १३:५९  

१७ माघ, रौतहट । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किदाँ पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

ना ५ ख १६ ५० नम्बरको गुडिरहेको ट्रकमा तीव्र गतिमा आएर ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
यस्तै, मोटरसाइकल पछाडि सवार भएक पर्वतको महाशीला गाउँपालिका ३ बस्ने गौतम अधिकारीको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।