आज थप १५७ जनामा कोरोना पुष्टि, ३३३ जना संक्रमणमुक्त

   १६ माघ २०७७, शुक्रबार १६:४७  

१६ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार ३ हजार २ सय २१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । जसमध्ये हाल नेपालमा ३ हजार २ सय २२ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

यस्तै, विगत २४ घण्टामा थप ३ सय ३३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हनेहरुको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएके छ, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।