कुलोमा डुब्दाँ एक बालकको मृत्यु

   १६ माघ २०७७, शुक्रबार १५:१३  

१६ माघ, रौतहट । पाल्पामा आज कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाका छोरा प्रतीनको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घर अगाडि रहेको कुलोमा आज मध्याह्न करिब १२ः०५ बजेको समयमा बालक डुबिरहेको अवस्थामा फेला परेको थियो ।

योगमायाले कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा ल्याएपनि चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिए ।

यसबारे थप अनुसन्धान सुरु भएको समेत प्रहरीले जनाएको छ ।