बेलायतले हङकङका नागरिकका लागि ल्यायो ‘भिसा अफर’

   १६ माघ २०७७, शुक्रबार ११:५२  

१६ माघ, रौतहट । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङका नागरिकका लागि भिसा योजनाको घोषणा गरेका छन् । जोनसनले चीनको नयाँ सुरक्षा कानुनको जवाफमा हङकङका नागरिकका लागि नागरिकता सहितको भिसा योजना ल्याएका हुन्।

घोषणा भएको उक्त योजना जनवरी ३१ आइतबारदेखि लागु हुने प्रधानमन्त्री जोनसनले शुक्रबार जनाएका छन् । उक्त योजनाअनुसार आवेदनकर्ताले ५ वर्षका लागि बस्न, पढ्न र काम गर्न पाउने गरी भिसा पाउनेछन्।

त्यसपछि उनीहरुले बेलायती नागरिकताको समेत आवेदन दिन पाउने जोनसनले घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसनले हङकङका जनतासँग गरेको बाचा पूरा गर्नका लागि योजना लागु गरिएको बताएका छन्।

बेलायतको उक्त योजनाको चीनले पहिलेनै विरोध जनाएको छ । चीनले नागरिकता वितरण योजना अन्तर्राष्ट्रिय कानुनविपरीत र आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विरोध गरेको हो।