सौतेली छोरी बलात्कार गर्ने बुवा प्रहरी नियन्त्रणमा

   १६ माघ २०७७, शुक्रबार ११:३३  

 

१६ माघ, रौतहट । जनकपुरमा सौतेली छोरीलाई जबरजस्ती करणी गरेर फरार भएका बुवा पक्राउ परेका छन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जबमुडाँडामा बस्दै आएका ४५ वर्षीय भोला यादवलाई छोरीलाई बलात्कार गरेको अभियोगमा नियन्त्रणमा लिएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जनाएको हो ।

यही माघ १३ गते (मंगलबार) पिडित युवतीकी आमाले छोरीलाई सौतेला बुवाले नै जबरजस्ती करणी गरेपछि, कुटपिट गरी घाइते बनाई फरार भएको भोलामाथि कारवाही गर्नेका लागि महानगरीय प्रहरी वृतमा उजुरी दिएकी थिइन् ।

उजुरी आएपछि खोजतलास भइरहेको भोलालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट पक्राउ गरिएको मिश्रले जानकारी दिए ।

पक्राउ परेका भोलामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।