घरको दोस्रो तलाबाट खसेर एक जनाको मृत्यु

   १६ माघ २०७७, शुक्रबार १०:५६  

१६ माघ, रौतहट । भक्तपुरमा घर बनाउँदै गर्दा घरको दोस्रो तलाबाट झरेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ ठिमी कुण्डोलमा घर बनाउँदै गर्दा माघ १० गते घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालि वडा नं. ६ बस्ने ४० वर्षीय प्रेम मगर घाइते भएका थिए ।

गम्भीर घाइते भएका मगरको उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना गरिएको थियो । ठाकुर अधिकारीको पक्की घर बनाउने क्रममा घरको दोस्रो तलाबाट झरेका गम्भीर घाइते भएका मगरको उपचारका क्रममै बिहीबार गएराति मृत्यु भएको प्रहरीले जानकारी दिए ।

यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।