आज थप २१३ जनामा कोरोना पुष्टि, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु नभएको पुष्टि

   १५ माघ २०७७, बिहीबार १७:०७  

१५ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ३ रहेको छ ।

यस्तै विगत २४ घण्टामा थप २ सय ९६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिए ।