काठमाडौंको कालोपुलबाट लागूऔषधसहित तीनजना फेला

   १५ माघ २०७७, बिहीबार १५:४६  

१५ माघ, रौतहट । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार राति काठमाडौंको टेकुस्थित कालोपुल नजिकै बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लागूऔषधसहित महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बुमा बस्ने १९ वर्षीय सुशिल नेपाल र सोही ठाउँका २४ वर्षीय सन्दिप तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ३० एम्पल नुफिन, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, १२३ थान नाइट्रोभेट र दुई बोतल कोरेक्स बरामद भएको छ ।