आफ्नै दुई छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या

   १५ माघ २०७७, बिहीबार ११:५४  

१५ माघ, रौतहट । नवलपरासीमा आफ्नै दुई छोरीलाई विष खुवाएर आमाले आफूपनि विष खाएर आत्महत्या गरेकी छन् ।

जिल्लाको सरावल गाउँपालिका ५ धनगडवा बस्ने ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाए पछि आफूले पनि विष खाएको प्रहरीले जनाएको हो ।

आमासंगै १० वर्षीया हेमा र १२ वर्षीया नेहा चौधरीको मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए ।

प्रहरीका अनुसार हिजो गएराति करिब १० बजेको समयमा घरको च्यान गेटमा ताला लगाएर उनीहरु विष सेवन गरेकी थिइन् । विष सेवनपछि घरभित्रबाट चिच्चाहटको आवाज सुनेर स्थानीयहरुले घरको छतबाट कोठामा पुगेका थिए । उनीहरुको उद्धार गरेर उपचारका लागि पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा ल्याएपनि त्याहा उपचार सम्भव नभएपछि उनीहरुलाई रेफर गरिएको थियो । त्याहाँबाट रेफर भएपछि भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उनीहरुको मृत्यु भएको डीएसपी लामाले जनाए ।

मृतक महिलाका श्रीमान जितेन्द्र चौधरी रोजगारीका लागि हाल विदेशमा छन् । प्रहरीका अनुसार चौधरीका सन्तानमा दुई छोरी मात्र रहेकी र आमासंगै दुई छोरीहरु मात्रै घरमा बस्दै आएका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको लामाले जनाएको छ ।