मोरङमा करेन्ट लागेर ३५ वर्षीय पुरुषको मृत्यु

   १५ माघ २०७७, बिहीबार १०:४५  

१५ माघ, रौतहट । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा जिल्लाको सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३५ वर्षीय इलिहास मंसुरी रहेको प्रहरीले जनाएको हो ।

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका मंसुरीलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर ल्याएपनि उपचारका क्रममै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।