उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा ५ वर्षीय बालकको मृत्यु

   १४ माघ २०७७, बुधबार १४:३२  

१४ माघ, रौतहट । उदयपुरको कटारी नगरपालिका ४ स्थित मरुवा खोलामा ट्याक्टर खस्दाँ एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो स १ त ६८२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खसेर ५ वर्षीय अमिर तामाङको मृत्यु भएको प्रहरीले जनाएको हो । मरुवा खोलाबाट ढुंगा लिएर कटारीकै सिम्लेतर्फ जादै गर्दा ट्याक्टरबाट बालक खस्दाँ गम्भीर घाइते भएका थिए ।

घाइते बालकको तत्काल उद्वार गरी उपचारका लागि कटारी अस्पताल ल्याएपनि त्याहाबाट रेफर गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भाइते बालकलाई विराटनगर लाँदै जाने क्रममा हिजो साँझ करिब ५ः१५ बजेतिर बाटोमा नै मृत्यु भएको प्रहरीले जनाए ।

सोही नगरपालिका ४ बस्ने ३१ वर्षीय चालक जीवन राईसहित ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिए यसबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।