रौतहटमा कोरोना विरुद्धको खोप लगाउन शुरु

   १४ माघ २०७७, बुधबार १४:३३  

१४ माघ, रौतहट । कोविड १९ (कोरोना) विरुद्धको खोप रौतहटका स्वास्थ्यकर्मीहरुले पनि लगाएका छन । आज देशै भरीबाट शुरु भएको भएकोे पहिलो चरणको खोप कार्यक्रममा रौतहटका स्वास्थ्यकर्मीहरु सहभागी भएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय गौरमा पहिलो खोप कार्यालय सहयोगी उमेश मण्डलले लगाएका थिए । महिला स्वास्थ्य स्वमंसेविका, सरसफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुले खोप लिएको जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले बताए ।

रौतहटको लागी प्राप्त भएको चार हजार भाइल खोप पहिलो चरणमा प्राथमिकतामा परेका एम्बुलेन्सकर्मी, सरसफाईकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई दिइने डा. साहले बताए । खोपको कार्यक्रम पाँच दिन सम्म जारी रहने उनले बताएका छन ।

कोरोना संक्रमणकालमा रौतहट अत्याधिक संक्रमित भएको जिल्ला बनेको थियो ।