ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
१४ माघ, रौतहट । ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौंको दक्षिणकाली मंगलबार गएराति भएको ट्रक दुर्घटनामा परी मकवानपुर घर भएका चालक ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्दै गरेका २८ वर्षे गोमबहादुर बुढाको ज्यान गएके प्रहरीले जनाएको हो ।
बा ३ ख ६१९९ नम्बरको ट्रक थाहाखेलबाट फर्पिङ आउँदै गरेको क्रममा हनुमाने भन्ने स्थानमा हिजो राति करिब करिब ८ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।