भन्सार छलेर ल्याउँदै गरेको १० वटा भैँसी प्रहरीको नियन्त्रणमा

   १४ माघ २०७७, बुधबार १०:५२  

 

१४ माघ, रौतहट । रौतहट प्रहरीले भन्सार छली गरेर ल्याएको १० वटा भैँसी नियन्त्रणमा लिएको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरबाट मंगलबार दिउँसो करिब २ः१५ बजेतिर १० वटा भैसी र पाडोलाई जफत गरी भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखि तस्करहरु फरार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएका जानकारी अनुसार ८ वटा थारो भैँसी र २ वटा पाडोलाई नियन्त्रणमा लिएको हो ।

बरामद भएको भैँसी र पाडो करिब २ लाख ५० हजार मूल्य बराबरको रहेको समेत प्रहरीले जानकारी दिए ।

आवश्यक कारवाहीको लागी भैँसी र पाडोलाई गौर भन्सार कार्यालयमा बुझईएको प्रहरीले जनाएको छ ।