किसान र प्रहरी झडपमा परि ८३ प्रहरी घाइते
द नेपाल मिडिया
१४ माघ २०७७, बुधबार १०:४४
१४ माघ, रौतहट । भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा परि ८३ प्रहरी घाइते भएको भारतीय संचारले जनाएको छ ।
प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको प्रहरीले दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’
एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलामा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।