विद्युत विक्रीबाट हुने नाफा बढेसँगै अपि पावरको सेयर भ्यालू बढ्यो
द नेपाल मिडिया
१३ माघ २०७७, मंगलवार १३:५४
१३ माघ, रौतहट । अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । गतवर्ष यहि समयमा ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा १४ करोड ३२ लाख १२ हजार रुपैयाँ कमाएको छ ।
कम्पनीले विद्युत विक्रीबाट गतवर्षको यहि तीन महिनामा १३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा अहिले २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो त्रैमासिक विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार बोनस तथा हकप्रदलाई समायोजन गरी कम्पनीको चुक्ता पुँजी १ सय १९ करोडबाट बढेर १ सय ९२ करोड पुगेको छ ।