सुनका गहना लुटपाट गर्ने दुई जना फेला
द नेपाल मिडिया
१३ माघ २०७७, मंगलवार १२:०७
१३ माघ, रौतहट । सुनका गहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका १ घर भएका २१ वर्षीय सुनिल बहादुर सिंह र सिन्धुपाल्चोक सांगाचोकगढी नगरपालिका २ चौतारा घर भएका कृष्ण बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरु पक्राउ गरेको छ । दरबारमार्ग स्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने गरेको खुलेको छ।
उनीहरुको साथबाट लुटिएका गहना समेत बरामद गरेको प्रहरीले जनाएको छ ।