२५ किलो गाँजासहित ३ जना पक्राउ
१३ माघ, रौतहट । सिरहाको मिर्चैया नगरपालिका ९ बाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्रउ गरिएको छ ।
लागूऔषधसहित मिर्चैया ८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका ८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट करीब २५ किलो गाँजाबरामद भएको प्रहरीले जनाएको छ ।
मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित उनीहरुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए
सो क्रममा स६प ३८६५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको शर्माले जनाए ।
यसबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।