नेपालमा थप ३३९ जना कोरोना पुष्टि

   १२ माघ २०७७, सोमबार १६:५४  

१२ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ८ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ३९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै आजसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । जसमध्य हाल नेपाल ३ हजार २ सय ४० जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप ४ सय १ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ, भने संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ११ रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ५४ जना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा १ सय ३३, भक्तपुरमा ८ र ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।