कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक अधिकृतको मृत्यु

   १२ माघ २०७७, सोमबार १६:३१  

१२ माघ, रौतहट । कोरोना संक्रमणका कारण स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु भएको छ ।

सोमबार मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको जनाएको हो ।

लामो समयदेखि कार्यरत ललितपुर गोदावरी का ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको आज उपचारका क्रममा मृत्यु भएको जानइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।