रौतहटमा ट्रयाक्टर र टेम्पु आपसमा ठोकिदा ९ जना घाइते
१२ माघ, रौतहट । रौतहटमा सोमबार बिहान ट्रयाक्टर र टेम्पु एक आपसमा ठोकिदाँ ९ जना भाइते भएका छन् ।
जिल्लाको यमुनामाई गाउँपलिका वडा नम्बर ५ झुनखुन्वा स्थित गौर र चपुर सडक खण्डमा आज बिहान करिब ८ बजेतिर झुनखुनवाबाट गौर तर्फ आउँदै गरेको ना.१ ह ५३३६ नं.को टेम्पुलाई विपरित दिशाबाट गईरहेको ना.३ त९४०२७ नं.को ट्याक्तरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी राजपुर नगरपालिका वाड न. १ का टेम्पु चालक ३० वर्षी राम मनोज दास, रुपन्देही मायादेवी गाउँपालिका ७ का ३६ वर्षीय राजु यादव, सोही गाउँपालकिा ६ का २६ वर्षीय उमेश बरै, सोही जिल्लका पुरेणी ७ का २४ वर्षीय मुकेशराज भट्ट, भैरहवा नगरपालिका २ का ४५ वर्षीय गंगाराम लोनिया, कपिलवस्तु शुद्धोधन गाउँपालिका २ का १८ वर्षीय बिरेन्द्र बानिया, सोही गाउँपालिका ६ का ५४ वर्षीय शिवनारायण चौहान र गिरीधारी सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानएको छ।
घाईते भएका ९ जनामध्ये ५ जनाको अवस्था गम्भीर भएका कारण जिल्लाको सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज नेशनल मेडिकल कलेज रिफर गरिएको छ ।
अन्यको उपचार गौर अस्पतालमा नै भईरहेको प्रहरीले जनाए । घटनाको सूचना प्राप्त हुन साथ उक्त स्थानमा तत्कालै जिल्ला प्रहरी कार्यालय र वसपार्कबाट प्रहरी टोलीले घाईतेहरुलाई उद्दार गरिएको थियो ।
ट्रयाक्टर र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।