टिपरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको घटनास्थलमै मृत्यु

   १२ माघ २०७७, सोमबार ११:५४  

१२ माघ, रौतहट । महोत्तरीमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा औरही नगरपालिका ४ का पछाडि बसेका १५ वर्षीय गुड्डु नदाफ र सोही नगरपालिका ९ का १८ वर्षीय प्रमोद राम चमार रहेको प्रहरीले जनाएको हो ।

आज बिहान करिब ९ बजेको समयमा सम्सीबाट गौशालातर्फ गइरहेको ना८ख ९८० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएको भित्री सडकमा टिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

हाल घटनास्थलबाट शव उठ्न नसकेको प्रहरीले जनाएको छ । स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन थालेपछि शव र टिपर सडकमै रहेको विष्टले जनाए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिसकेको प्रहरीले जनाएको छ ।