घाइते संचारकर्मीलाई ५१ हजार सहयोग

   ११ माघ २०७७, आईतवार १७:४७  

११ माघ, रौतहट । दुर्घटनामा परेर उपचारका क्रममा रहेका रौतहटका एक संचारकर्मीलाई ५१ हजार रुपैंया सहयोग प्रदान भएको छ ।

संचारकर्मी रविन्द्र मण्डललाई नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्यमा दुर्गा भगवति गाँउपालिकाका अध्यक्ष अरुण साहले नगद ५१ हजार रुपैंया प्रदान गरेका हुन । घाइते भएर उपचारकै क्रममा रहेका मण्डललाई उनकै घरमा गएर आर्थिक सहयोग प्रदान गरेको दुर्गा भगवति गाँउपालिकाका अध्यक्ष अरुण साहले बताए ।

संगठनका सदस्यको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यका साथ आर्थिक श्रोत जुटाएर रकम हस्तान्तरण गरिएको पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए । “गाह्रो परेको समयमा संगठनले सहयोगको हात अगाडी बढाउनु पर्छ ।” सचिव श्रेष्ठले भने “शुक्रवार सम्पन्न ११ औं साधारणसभामा हामीले आर्थिक सहयोगको घोषणा गरे अनुसारनै उनलाई सो रकम प्रदान गरेका हौं ।”

काठमाण्डौ बाट गौर आउने क्रममा बस दुर्घटनामा परेका मण्डललको आर्थिक अवश्था कमजोर बन्दै गएको छ । २० वर्ष देखि रौतहटमा पत्रकारिता गरेका मण्डललाई महासंघका तर्फबाट दोसल्ला र सम्मान पत्र समेत प्रदान गरिएको छ ।