प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

   ११ माघ २०७७, आईतवार १६:०२  

 

११ माघ, रौतहट । मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।  मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का १९ वर्षीय साजन राई, २२ वर्षीय दशरथ छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, र भोजपुरको साल्पासिलोछो गाउँपालिका २ का १९ वर्षीय निराज राई रहेको प्रहरीले जनाएको हो ।

पथरी शनिश्चरे नगरपालिका वडा नं४ स्थित उनीहरु बस्ने कोठा खान तलासी गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, ७६ ग्राम गाँजा, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, एक थान गोलीको खोका लगायतका सामग्री बरामद भएको प्रहरीले जानकारी दिए ।

उनीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।