खोटाङमा भिरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु

   ११ माघ २०७७, आईतवार १४:५१  

११ माघ, रौतहट । खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु भएको हो ।

रतन्छाबाट मबुतर्फ जानेक्रममा वाकुर्तुम जंगलमा रहेका भीरबाट करिब तीन सय मिटर तल खस्दा फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले जानकारी दिए ।

मृतक फुयाँलको शव जिल्ला अस्पताल ल्याएको र पोष्मार्टमपछि आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी बनेका थिए ।