शनिबार थप २३२ जनामा कोरोना पुष्टि

   १० माघ २०७७, शनिबार १६:५३  

 

१० माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । जसमध्ये हाल देशभर संक्रिय संक्रमितको कुल संख्या ३ हजार ४ सय ५२ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप ३ सय ८६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोनाका कारण विगत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ९४ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।