सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
द नेपाल मिडिया
१० माघ २०७७, शनिबार १४:०३
१० माघ, रौतहट । सर्लाहीबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कबिलासी नगरपालिका वार्ड नं १० चमेलीमाइ नजिकबाट हतियार सहित गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
मिश्रसंग 7.65 MMलेखिएको पेस्तोल रहेको गोप्य सूचना प्राप्त भएछि जिल्लाबाट खटिएका प्रहरीटोलीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवं प्रवता मदन कुंवरले जानकारी दिए ।
मिश्रमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।