मोरङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते
१० माघ, रौतहट । मोरङमा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अन्य १६ जना घाइते भएका छन् ।
जिल्लाको लेटाङमा जीप दुर्घटना हुँदा सोही नगरपालिका १ बस्ने ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको हो ।
१ ज ३२६२ नम्बरको जीप कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाने क्रममा अनियन्त्रित भएर लेटाङ १ अधेरीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर भएका तामाङको विराट नर्सिङहोम विराटनगर ल्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






