नवलपरासीमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

   १० माघ २०७७, शनिबार १०:५२  

१० माघ, रौतहट । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका ३ का २४ वर्षीय हेमराज थापा र कावासोती ८ का २६ वर्षीय सुनिल जैसवाल रहेको प्रहरीले जनाएको हो ।

जिल्लाको कावासोती नगरपालिका ८, स्थित भित्री सडकखण्डमा शुक्रबार गए राति मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको समेत गिरीले जनाएका छन् ।