काठ चिर्ने क्रममा मुढाले टाउकोमा लागेर एक शिक्षकको मृत्यु
९ माघ, रौतहट । रोल्पाको गंगादेव गाउँपालिका ३ बडाढुंगाका एक शिक्षकको रुखमा च्यापिएर मृत्यु भएको छ ।
रुख काट्दा मुढाले लागेर ४९ वर्षीय शिक्षक महेशकुमार केसीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
बिहीबार दिउँसो करिब ३ बजेतिर आफ्नो घर निर्माण गर्न आवश्यक काठ चिर्न भन्दै झाँर्की सल्ला भन्ने ठाउँमा शिक्षक केसीले सल्लाको काठ चिर्ने क्रममा मुढाले टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केसी स्थानीय गणेश आधारभूत विद्यालयका शिक्षक हुन ।