पोखरामा उपचाररत एक संक्रमित महिलाको मृत्यु

   ९ माघ २०७७, शुक्रबार १४:३८  

९ माघ, रौतहट । पोखरामा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट पोखरा महानगरपालिका १ बस्ने २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि यही माघ ५ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।बिनोदबिन्दु शर्माले बताए ।

युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ सय ३ पुगेको छ ।