आफ्नै वृद्ध आमाको हत्या गरेको आरोपमा ३३ वर्षीय छोरा पक्राउ

   ९ माघ २०७७, शुक्रबार १३:०८  

 

९ माघ, रौतहट । आफ्नै आमाको हत्या गरेको आरोपमा तनहुँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको ब्यास नगरपालिका ११ दरैपधेरो का ३३ वर्षीय प्रेम दरैलाई आफ्नै ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा बिहीबार राति नै प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका दैरले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।