कारोनाका कारण एक वृद्धको मृत्यु
९ माघ, रौतहट । नेपालगञ्जमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ९ बस्ने ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वृद्धलाई गत पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा वृद्धको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भेरीमा रिफर गरिएको थियो ।
उपचारका क्रममा आज बिहान करिब ६ः०५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका संक्रमितको मृत्यु हुनेहरुको कुल संख्या ८५ पुगेको छ ।