गायक धुव्र केसी रहेनन्
९ माघ, रौतहट । गायक धुव्र केसीको उपचारका क्रममा निधन भएको छ । ७५ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचारका क्रममा ७५ वर्षीय केसीको बिहीबार साँझ निधन भएको हो ।केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।
उनका ’मायालु हजार हुन्छन’, ’नरोउ नरोउ साइली’, ’अरु कालो रेलको धुँवाले’, ’तिम्रो माया कागजको’, ’सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ’बगी जाने खोला’ लगायतका गीत चर्चित छन् ।
लामो समय मुम्बईमा रहेका केसीले त्याहाँको विज्ञापनहरुमा समेत अभिनय गरेका छन् ।
उनका तीन छोरी छन् । केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनी नायक भुवन केसीका काका हुन् ।