लागूऔषधसहित दुई जना फेला
९ माघ, रौतहट । सिरहाबा लागूऔषधसहित दुई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ बस्ने २७ बर्षीय अनिल शर्मा रहेको प्रहरीले जनाएको हो ।
स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माका अनुसार उनीहरुको साथबाट डाइलेक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नुफिन इन्जेक्सन ४५ थान, पासमोप्रोक्सीरोन ४८ थान र नाइट्राभेट ट्याब्लेट १४ सय ९७ थान बरामद भएको छ ।
लागू औषध बिक्री वितरण गर्न गोलबजारबाट लहानतर्फ लाँदै गर्दा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएका प्रहरी टोली र इलाका प्रहरी कार्यालय गोल बजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।
पक्राउ परेका उनी दुवै जनामाथि यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।