आज ३३६ जना कोरोना पुष्टि, ४ जनाको मृत्यु
८ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । जसमध्ये हाल देशभर संक्रिय संक्रमितको कुल संख्या ३ हजार ७ सय ९९ रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, विगत २४ घण्टामा थप २ सय २६ जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ, भने हाल नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ७९ पुगेको छ ।