लेनदेन मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि फेला

   ८ माघ २०७७, बिहीबार १२:३८  

८, माघ, रौतहट । लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दुई वर्षपछि दाङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुल्सीपुर नगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय राजेन्द्र केसी रहेको प्रहरीले जनाएको हो ।

२०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका केसीलाई नियन्त्रणमा लिइ गत पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले जानकारी दिए ।

निजलाई गत पुस ६ गते मालपोत कार्यालयको बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको त्यहाँका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकृत प्रहरी निरीक्षक मोहन जङबुङ थापाले जानकारी दिए ।