बुधबार थपिए ३४८ जना कोरोना संक्रमित
७ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । जसमध्ये हाल देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ३ हजार ६ सय ९३ रहेको डा. गौतमले जनाए ।
त्यसैगरी, २४ घण्टामा थप ३ सय ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेको छ ।