रौतहटमा संसद विघटन विरुद्ध जसपाको प्रदर्शन
७ माघ, रौतहट । जनता समाजवादी पार्टी (जसपा)नेपालले संसद् विघटनको विरुद्धमा आज रौतहटमा विरोध कार्यक्रमको आयोजना गरेको छ ।
संसद विघटन विरुद्ध जसपा पार्टिको जिल्लाकार समितिद्धारा आयोजति दोस्रोचरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन जिल्लाको सदरमुकाम गौरमा विरोधसभा सम्पन्न भएको छ । थप कार्यक्रमबारेमा पार्टीले आवश्यक निर्णय लिने जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र यादवले बताए ।
गत हप्ता भएको नेकपाको वृहत भेला कार्यक्रममा कालो झण्डा देखाएका तीन जना (रबिशंकर प्रसाद, पुनप्रताप पटेल र ललन यादव)लाई जसपा नेपालद्धारा सम्मानित गरिएको छ ।
त्यस्तै, जसपाले आज देशभरका जिल्लाहरुको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन । जसपाका नेताहरु आआफ्नै जिल्लामा विरोध कार्यक्रमको आयोजना गरेका छन् ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुस २५ गतेदेखि शुरु गरेको थियो । संसद विघटन लोकतन्त्र र परिवर्तनप्रतिको प्रहार हो, यो संसद विघटन मात्र होइन, गणतन्त्र र संघीयतालाई धरापमा पार्ने कार्य प्रधानमन्त्री ओलीले गरेको कारण लोकतन्त्र र संघीयताका लागि यो आन्दोलन भइरहेको केन्द्रिय सदस्य यादवले बताए ।