टिपरले ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक जना घाइते
७ माघ, रौतहट । झापामा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मेचिनगर नगरपालिका वडा नम्वर १३ स्थित चन्द्रगढी बस्ने १८ वर्षीय अन्सु शिवाकोटी रहेकी प्रहरीले जनाएको हो ।
मंगलबार साँझ करिब ५ः३० बजेको समयमा सोही नगरपालिका स्थित चन्द्रगढी चारआली सडकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ नम्वरको टिपरले कोटिपरले पैदल यात्री १८ वर्षीय राहुल बस्नेत र अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट भई उपचारको लागि दुबैलाई विएण्डसी अस्पताल लगिएको थियो । शिवाकोटीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिए । राहुल बस्नेतको उपचार भइरहेको प्रहरीले जनाए ।
भद्रपुर नगरपालिका वडा ९ बस्ने चालक ३२ वर्षीय सुमन ओझालाई पक्राउ गरि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।