अरुको नाममा रहेको एनसेल सिम आफ्नो नाममा दर्ता गर्न यस्तो छ प्रक्रिया

   ७ माघ २०७७, बुधबार ११:०१  

७ माघ, रौतहट । यदि तपाईं तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ र त्यो सिम तपाई आफ्नो नाममा नामसारी गराउन सोचमा हुनुहुन्छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।

साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो दुवै हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।

पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ ।

साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ । यति भएको खण्डमा तपाईले सजिलै अरुको नाममा रहेको सिमकार्ड आफ्नो नाममा दर्ता गर्न सक्नुहुनेछ ।