नेपालमा थपिए ३४८ कोरोना संक्रमित, ४४१ संक्रमणमुक्त
६ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ४ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको मन्त्रनालयले जनाएको छ । जसमध्ये हाल नेपालमा संक्रिय संक्रमितको कुल संख्या ३ हजार ७ सय ६४ रहेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप ४ सय ४१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको मन्त्रालयले जानकारी दिए ।
यसैबीच, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ६९ पुगेको छ ।